News Griha :: न्यूजगृह
श्री एअरलाइन्सकी एअर होस्टेसलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

धनगढी—  मङ्गलबार काठमाडौंबाट धनगढीका लागि उडेको श्री एअरलाइन्सको जहाजमा एअर होस्टेसलाई गर्ने युवक पक्राउ परेका छन्।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का शिवराज ओझालाई मङ्गलबार अपरान्ह विमानस्थल सुरक्षा पोस्टले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाएको हो।

उनलाई धनगढी विमानस्थलमा उत्रिएसँगै प्रहरीले पक्राउ गरेको थियो। 

मङ्गलबार त्रिभुवन विमानस्थलबाट अपरान्ह ४:५० बजे धनगढीका लागि जहाज उडेको थियो। उडे लगत्तै ओझाले दुईजना एअर होस्टेसमध्ये एकलाई जिस्काएका थिए।

सो घटना पाइलटले धनगढीस्थित नागरिक उड्डयन प्राधिकरणलाई गराएपछि जहाज अवतरण गर्नासाथ प्रहरीले उनलाई पक्राउ गरेको थियो।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १६:०१
Weather Update