News Griha :: न्यूजगृह
घुससहित पक्राउ परेका कारागार प्रशासकविरुद्ध मुद्दा दायर

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारागार कार्यालय, नवलपरासीका कारागार प्रशासक विनोद कुमार दत्त कर्णविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

कर्ण १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

यस्तै चोरी मुद्दामा कैद भुक्तान गरिरहेका कैदीलाई चौकीदारको जिम्मेवारीबाट हटाउने, अरु कुनै सुविधा नदिने र कैदकट्टा तथा माफी मिनाहाको लागि सिफारिस–सहजीकरण पनि नगर्ने भन्दै उनले घुस लिने गरेको पाइएको पनि अख्तियारले जनाएको छ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १५:५७
Weather Update