पद तथा गोपनीयताको शपथ लिँदै गण्डकीका मुख्यमन्त्री पाण्डे

पोखरा— गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्र पाण्डेले शुक्रबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्रीको शपथसँगै पाण्डेले आजै सानो आकारको मन्त्रिमण्डल गठनको तयारी गरेका छन् ।
पाण्डेलाई बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नियुक्त गरेका हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।
पाण्डे गोरखा क्षेत्र नम्बर २ प्रदेश सभा क्षेत्र (ख) बाट विजयी सांसद हुन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८० ०७:०९













