News Griha :: न्यूजगृह
उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

काठमाडौं — उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन् ।

शुक्रबार भएको निर्वाचनमा यादवले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनी नेपालको तेस्रो उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

यादवले ३० हजार ३२८ मतभार प्राप्त गरे । उनले संघीय संसद्‌तर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार पाएका छन् । जसपाका संसदीय दलका नेतासमेत रहेका यादव बारा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्यसमेत हुन् ।  

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १६:३६
Weather Update