नाम फिर्ताका लागि प्रधानले दिए निवेदन

काठमाडौं— संसदीय सुनुवाइ समितिबाट अस्वीकृत हुने निश्चित भएपछि निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिन निवेदन दिएका छन्।
उनले सोमबार बिहान सुनुवाइ समितिको सचिवालयमा निवेदन दिएका हुन्। ‘मेरो बारेमा बाहिर दुष्प्रचार भएकाले काम गर्ने हौसला र इच्छा भएन भनेर उहाँको निवेदन आएको छ,’ समिति स्रोतले भन्यो ।
यसअघि बिहान ११ बजेका लागि बोलाइएको बैठक रोकेर सत्तारुढ नेपाली कांग्रेस र एमालेका सांसदहरु छलफलमा जुटेका थिए। उक्त छलफलमा नेताहरु विवादास्पद प्रधानलाई निर्वाचन आयुक्तमा अनुमोदन गर्न नसक्ने निष्कर्षमा पुगेका थिए।
१५ सदस्यीय समितिमा प्रधानलाई अस्वीकृत गर्न दुई तिहाइ बहुमत चाहिन्छ। सत्तारुढ कांग्रेस र एमाले मिल्नासाथ ९ जना हुन्छ भने राप्रपाले साथ दिएमा दुई तिहाइ पुग्छ।
प्रकाशित मिति: सोमबार, साउन १४, २०८१ १४:३५