News Griha :: न्यूजगृह
कांग्रेस–एमालेको निष्कर्ष: निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानलाई अनुमोदन गर्न सकिन्न 

काठमाडौं—नेपाली कांग्रेस र नेकपा एमालेले निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानलाई संसदीय सुनुवाइ समितिबाट अनुमोदन गर्न नसक्ने निष्कर्ष निकालेका छन्।

बिहान ११ बजे बोलाइएको संसदीय सुनवाइ समितिको बैठक स्थगित गरेर दुवै दलका सांसदहरू आन्तरिक छलफलमा जुटेका थिए। कांग्रेस र एमालेको छुट्टाछुट्टै छलफलपछि संयुक्त बैठक बसेको थियो।

उक्त संयुक्त बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा अनुमोदन गर्न नसक्ने निष्कर्ष निकालेको एक सांसदले जानकारी दिए।

सुनुवाइ समितिको बैठक साँझ ५ बजे बोलाइएको छ। त्यसबेलासम्म प्रधानले आफ्नो नाम फिर्ता नलिए सुनुवाइ समितिले अनुमोदन नगर्ने निर्णय लिने ती सदस्यले जानकारी दिए।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १४:२०
Weather Update