बाजुरामा दुईपटक भूकम्पको धक्का

काठमाडौं— बाजुरामा ५.९ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरातमा बाजुरामा दुईपटक भूकम्प गएको हो ।
बाजुराको दहकोट केन्द्रबिन्दु भएर गएराति ११:५८ बजे ४.९ म्याग्निच्यूडको र १:३० बजे ५.९ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ ।
बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काको भनाइमा भूकम्पको क्षतिबारे थप जानकारी आउन बाँकी छ ।
यसअघि गत ४ वैशाखमा बाजुराकै जुगाडा केन्द्रविन्दु भएर ३.६ रेक्टरस्केलको भूकम्प गएको थियो ।
पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८० ०६:४६