निर्वाचन आयुक्तमा सिफारिस प्रधानबारे निर्णय गर्न बोलाइएको बैठक ५ बजेलाई सर्यो

काठमाडौं— निर्वाचन आयोगको आयुक्तमा नियुक्तिका लागि सिफारिस भएका कृष्णमान प्रधानबारे निर्णय गर्न बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक सरेको छ।
सोमबार बिहान साढे ११ बजे बस्ने गरी तय भएको बैठक साँझ ५ बजेसम्मका लागि स्थगित गरिएको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।
आईएनजीओमा जागिर लगाइदिने प्रलोभनमा पारेर निरन्तर यौन दुर्व्यवहार गरेको भन्दै प्रधानमाथि उजुरी परेको थियो। यसबारे समितिको साउन ९ को बैठकमा सांसदहरूले प्रधानमाथि प्रश्न गर्दा उनले जवाफ नदिएर टारेका थिए।
उनले आफूमाथि लागेका आरोप झुटो हो सम्म भनेका थिएनन्।
समितिका केही सांसदहरूले प्रधानले नै आफूलाई अनुमोदन नगर्न निवेदन दिन सक्ने दाबी पनि गरेका छन्।
प्रकाशित मिति: सोमबार, साउन १४, २०८१ ११:४२