News Griha :: न्यूजगृह
पोखरामा स्कुल बस दुर्घटना, एकजनाको मृत्यु, २९ घाइते

पोखरा— पोखरामा भएको स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–२१ फुस्रेखोलाको घुम्तीमा रामदीबाट बिरौटा फर्कने क्रममा सोमबार बिहान एलपी देवकोटा मेमोरियल इङ्ग्लिस स्कुलको बस दुर्घटना भएको हो।

मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी आरती विक रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर २९ जना घाइते छन् । ग १ क ६३१९ नम्बरको बस सडकबाट झन्डै ६० मिटर तल खसेको थियो।

घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १०:४०
Weather Update