News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं— शुक्रबार प्रतिनिधि सभा बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०० बैठक बस्न लागेको हो ।

यसअघि संसदीय सुनवाइ समितिमा सदस्यहरू मनोनयन गर्ने, सत्य  निरूपण तथा मेलमिलाप आयोगका लागि विशेष समिति गठन गर्ने तथा संवैधानिक परिषद्सबन्धी ऐन पारित गर्नेलगायतका कार्यसूची राखेर बैठक बोलाइएको थियो ।

तर मुख्यतः संवैधानिक परिषद् ऐनमा प्रधानमन्त्रीलाई विशेषाधिकारसहित राखेर नयाँ प्रस्ताव ल्याएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाउँदा सो विधेयक कार्यसूचीबाट हटाइएको थियो ।
 
यसअघि उल्लेखित प्रमुख विषय नै समावेश नगरी बैठक बसेको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  ०६:२९
Weather Update