News Griha :: न्यूजगृह
आज साउनको दोस्रो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

काठमाडौं— आज साउन महिनाको दोस्रो सोमबार, पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।

साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरूमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ। यसरी पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ।

pashupati-mandir-1-1722215398.jpgसाउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ।

यस वर्षको साउन महिनामा चार सोमबार परेका छन्। हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरूले शिवको भक्‍तिपूर्वक पूजा गर्छन्।

pashupati-mandir-2-1722215394.jpg
तस्बिरहरू: रासस

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ०६:५६
Weather Update