News Griha :: न्यूजगृह
पहिरोमा परी गोरखामा एकै परिवारका तीनसहित ५ जना बेपत्ता
प्रतीकात्मक तस्बिर।

काठमाडौं— गोरखाको धार्चे गाउँपालिका–५ मा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन्।

बेपत्तामध्ये तीन जना एउटै परिवारका छन्। स्थानीयका अनुसार आज बिहान करिब तीन बजेतिर एउटा घर र एउटा कृषि फर्मलाई पहिरोले पुरेको थियो।

गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पहिरोमा घर र कृषि फर्म पुरिएको खबर पाएलगत्तै खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जानकारी दिए।

उनका अनुसार खोर्लाबेसीबाट नेपाली सेना र आरुघाटबाट सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। यसको थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०७:५४
Weather Update