News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक आज बस्दै

काठमाडौं— आज प्रतिनिधि सभाको बैठक बस्दै छ। 

संघीय संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ।

आज सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गत विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ भने शिक्षामन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०७:४६
Weather Update