महाकालीमा हाम फालेर महिला बेपत्ता

दार्चुला — दार्चुला सदरमुकाम खलंगास्थित रिङनेताल नजिकबाट महाकाली नदीमा हाम फालेकी एक महिला बेपत्ता भएकी छन्।
शनिबार साँझ करिब ६:२० बजेतिर अन्दाजी २०/२२ वर्षीया महिला नदीमा हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले बताए।
उनका अनुसार हाम फालेका महिलाको खोजी कार्य भइरहेको छ। ती महिलाको पहिचानसमेत खुलेको छैन। महाकालीमा पानी धमिलो भएकाले खोजीकार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
नदी किनारमा अहिले सुरक्षाकर्मीहरूले बेपत्ता महिलाको खोजीकार्य गरिरहेको बताएका छन्।
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१ २०:१६













