News Griha :: न्यूजगृह
त्रिशूलीमा हराइरहेको बस केराबारीमा फेला परेको आशङ्का, सुरक्षाकर्मी पुग्दै

चितवन— चितवनको केराबारीमा त्रिशूलीमा हराइरहेको बस फेला परेको आशङ्का गरिएको छ। 

स्थानीयले रातो रङ्गको बस देखेको भन्दै प्रहरीलाई खबर गरेपछि अहिले सशस्त्र प्रहरीको टोली देवघाटबाट र प्रहरीको टोली मुग्लिनबाट सो ठाउँमा पुग्दै छ। 

सिमलतालस्थित त्रिशूली नदीमा हराइरहेका दुई बसको खोजी कार्य जारी रहेपनि अहिलेसम्म फेला पर्न सकेको थिएन। भारतीय उद्धार टोलीले घटनास्थलमा शनिबार दिउँसो बस खोजी गर्नेक्रममा १९ किलोको चुम्बक नै पानीले बगाएको छ। 

असार २८ गते लेदोसहितको पहिरोले बगाएका दुई बस अहिलेसम्म भेटिएका छैनन्। बसमा रहेका ६२ यात्रु मध्ये अहिलेसम्म २४ जनाको शव फेला परेको छ भने अझै ३८ जनाको अवस्था अज्ञात रहेको छ।   

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १९:५७
Weather Update