सोमबारका लागि बोलाइयो संसदीय सुनुवाइ समितिको बैठक, निर्वाचन आयोगका प्रस्तावित आयुक्तबारे निर्णय हुने

काठमाडाैं— सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति बैठक सोमबारका लागि बोलाइएको छ।
बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेगरी बोलाइएको महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए। बैठकले निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानलाई अनुमोदन गर्ने वा नगर्नेबारे निर्णय गर्ने छ।
प्रस्तावित आयुक्त प्रधानको संसदीय सुनुवाइ भइसकेको छ। अब सोमवार निर्णय हुने समितिका एक सदस्यले बताए।
कानुन समाजका कार्यकारी निर्देशक प्रधानमाथि कार्यालयमा कार्यरत महिलालाई जागिर लगाइदिने प्रलोभन दिएर यौन शोषण गरेको आरोप लागेको छ। ती महिलाले उनीविरुद्ध उजुरीसमेत दिएकी छन्।
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१ १९:५२