सौर्य जहाज दुर्घटना : विदेशी नागरिकबाहेक १७ जनाको शव आफन्तले बुझे

काठमाडौं— सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा परी ज्यान गुमाएका १७ जनाको शव आफन्तले बुझेका छन्।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी दानबहादुर कार्कीका अनुसार दुर्घटनामा परी मृत्यु भएका १८ जनामध्ये शनिवार साँझसम्म १७ जनाका आफन्तले शव बुझेका हुन्।
एक विदेशी नागरिकको शव भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमै राखिएको छ। बुधबार काठमाडौंबाट सौर्य एअरलाइन्सको जहाज मर्मतका लागि पोखरातर्फ उडेकोमा धावनमार्ग नकट्दै दुर्घटनामा परेको थियो।
जसमा सवार १९ मध्ये जहाज चालक मनिषरत्न शाक्यबाहेक सबैको ज्यान गएको थियो। प्रहरीका अनुसार सौर्य एअरलाइन्समै कार्यरत यमनी नागरिक आरिफ रेडाको शव भने अस्पतालमै रहेको छ।
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१ १९:४५













