News Griha :: न्यूजगृह
त्रिभुवन विमानस्थलमा एक घण्टाका लागि उडान/अवतरण बन्द

काठमाडौं—  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा मार्किङको काम गर्दा उडान र अवतरण बन्द गरिएको छ।

धावनमार्गको मार्किङ गर्ने क्रममा रङ पोखिएपछि त्यसले पाइलटलाई समस्या पर्ने भन्दै शनिबार दिउँसो सवा ४ बजेदेखि एक घण्टाका लागि उडान र अवतरण बन्द गरिएको विमानस्थल स्रोतले जनाएको छ।

उडान अवतरण बन्दका कारण कतारको राजधानी दोहाबाट आएको कतार एअरवेजको जहाज होल्डमा छ। विमानस्थल सवा ५ बजे सञ्चालनमा आउने स्रोतको भनाइ छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १७:०९
Weather Update