News Griha :: न्यूजगृह
जब प्रधानमन्त्री ओलीको भूतसँग जम्काभेट भयो...
तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले भूतसँग आफ्नो जम्काभेट भएको कथा सुनाएका छन्।

एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले भुत प्रेतले मुसाको बच्चालाई पनि तर्साउन नसक्ने बताए। उनले मान्छेले नै भूतको मान्यता बनाएर आफैं तर्सिँदै हिँडेको उनको भनाइ छ।  

यस्तो छ ओलीको भनाई 
एकपल्ट मैले पनि भूत भेटेको थिएँ, खेतको छेउमा, म छक्क परें, मेरो घरभन्दा ५ मिनेटजतिको पर होला। 

सधैँ बेलुका म त्यो बाटो हिँड्थे, सधैँ त्यही बाटो हिँडिरहेको बेलामा एकदिन मेरो अगाडि सेतो कपडा लगाएर भूत खडा भयो, म भन्दा निक्कै अग्लो। बाट्टैमा आएर छेके रै उभियो। अचम्म लाग्यो यो भूत कसरी आयो ? मान्छे त यति अग्लो हुँदैन। त्यसबेलामा हामीहरू बाँसको डन्डी टेकेर हिँड्थ्यौ त्यसबेला। 

विभिन्न कुरा आइपर्नसक्छ राति भनेर, मैले बाटो छोड भने, भूतले त टेरपुच्छर नै लाएन। यसो गर्दै म तिर पो ढल्किन खोज्छ। अनि मैले त्यही बाँसको डन्डाले बेसरी कसेर भूतलाई हानेको, भरे त त्यो काँसको झुप्पो रहेछ। 

फुलेको काँस। फुलेको काँस बाटैको छेउमा। तर, त्यो काँस मलाई उम्रिएदेखि थाहा छ। तर, त्यो दिन अचानक त्यसलाई भूत देखेँ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  १५:३१
Weather Update