News Griha :: न्यूजगृह
पश्चिमी वायुको प्रभावले वर्षा : मौसम विभाग

काठमाडौं— पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार पश्चिमी वायुको प्रभावका साथै प्रि–मनसुन गतिविधि पनि सक्रिय रहेकाले वर्षाको सम्भावना रहेको छ ।

विशेषगरी देशका पहाडी भेगमा मेघजर्गन/चट्याङसहित वर्षाको सम्भावना रहेको छ भने मध्य र पश्चिम तराईका एक/दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

बिहीबार राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघजर्गन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघजर्गन/चट्याङसहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  २१:३५
Weather Update