सरकारमा सहभागी हुँदै नाउपा, रञ्जिताले पठाइन् राज्यमन्त्रीको नाम

काठमाडौं— केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले राज्यमन्त्रीको नाम सिफारिस गरेकी छन्।
उनले शुक्रबार प्रधानमन्त्री ओलीलाई पत्राचार गर्दै आफ्नो पार्टीको तर्फबाट राज्यमन्त्रीमा सांसद अरुणकुमार चौधरीको नाम सिफारिस गरेकी हुन्।
ओलीले चौधरीलाई राज्यमन्त्री बनाउने/नबनाउने भने निश्चित भइसकेको छैन।
प्रतिनिधिसभामा ४ सिट रहेको नाउपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएको थियो।
प्रकाशित मिति: शनिबार, साउन १२, २०८१ ०७:३८