News Griha :: न्यूजगृह
६१ जना चालकमाथि कारबाही
फाइल तस्बिर।

काठमाडौं— ललितपुरको इमाडोलमा शुक्रबार गरिएको यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका सवारी साधन चलाउने ६१ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। 

६७ वटा सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका ६१ वटा सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको हो।

सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनमा सहजिकरण गर्नका लागी ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लागुपदार्थ सेवन, मादक पदार्थ सेवन, यान्त्रिक लगायतका विशेष चेकिङ गर्दै आएको ट्राफिक प्रहरीले जनाएको छ।     

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  २१:१२
Weather Update