News Griha :: न्यूजगृह
जहाज दुर्घटनाः चार शव परिवारले बुझे

काठमाडौं— सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका मध्ये चार शव परिवारले बुझेका छन्। 

शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट चार शव परिवारले बुझेका हुन्।

केही परिवारले भने माग पूरा नहुँदासम्म शव नबुझ्ने बताएका छन्। बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र जहाज कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरूको अडान छ।

बुधबार सौर्य एअरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १७:०९
Weather Update