News Griha :: न्यूजगृह
कीर्तिपुर नगरपालिकाका प्रमुख नकर्मीको अन्त्येष्‍टि

काठमाडौं— कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको छ।

अन्त्येष्‍टि अघि नगरप्रमुख नकर्मीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बर्खाहिटीस्थित नगर कार्यपालिका भवनमा राखिएको थियो।

नगरप्रमुख नकर्मीको बिहीबार राति उपचारका क्रममा वीर अस्पतालमा निधन भएको हो। २०७९ सालमा भएको स्थानीय तह निर्वाचनबाट नकर्मी कीर्तिपुर नगरपालिकाको प्रमुखमा निर्वाचित भएक हुन्। उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए। 

नगरप्रमुख नकर्मीको जन्म २०२० असार २० गते कीर्तिपुर–३ मा भएको थियो। उनी २०४० सालदेखि नेपाल विद्यार्थी सङ्घ हुँदै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए। 

उनका श्रीमती, एक छोरा र एक छोरी छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १७:२३
Weather Update