News Griha :: न्यूजगृह
मृतकका परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एअरलाइन्सको प्रतिबद्धता

काठमाडौं— बुधबार भएको सौर्य एअरलायन्सको हवाई दुर्घटनाका मृतकलाई एअरलायन्सले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

सौर्य एअरलाइन्सले एक विज्ञप्ति जारी गर्दै अकल्पनीय जहाज दुर्घटनामा परि दिवङ्गत भएकोमा हामी अत्यन्त मर्माहत र भावविह्वल भएको उल्लेख गर्दै संस्थाले सधैँ जीवन्त एवं चिर स्मरणीय इतिहासको रुपमा संरक्षण गर्ने विश्वास दिलाएको छ।

अध्यक्ष दीपककुमार पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा सौर्य एअरलाइन्सको व्यवसायिक विकास र विश्वसनियता आर्जनका लागि उनीहरूले निष्ठा पूर्वक पुर्याएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्ने सम्मको सहयोग, साथ र सदभाव सधैँ रहने विश्वास दिलाएको उल्लेख गरेका छन्।

अध्यक्ष पोखरेलले प्रतिष्ठित विज्ञहरूको क्षतिको कल्पना नै गर्न नसकिने उल्लेख गर्दै कम्पनीले मात्रै होइन, परिवार, समाज र राष्ट्रले समेत होनहार विज्ञ व्यक्तित्व गुमाउनु परेको भन्दै दुःख प्रकट गरेका छन्। साथै उपचाररत क्याप्टेन मनिषरत्न शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १६:०६
समसामयिक
Weather Update