News Griha :: न्यूजगृह
सौर्य एअरलाइन्सको जहाज दुर्घटना: मृतकको शव आजै आफन्तको जिम्मा लगाइने

काठमाडौं— सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा परी ज्यान गुमाएकाहरूको शव आज आफन्तलाई जिम्मा लगाइने भएको छ।

आफन्तले दिएको विवरण र शव परीक्षण रिपोर्टका आधारमा मृतकको पहिचान गरी आफन्तको जिम्मा लगाउन लागिएको हो।

शुक्रबार अपरान्हसम्म अधिकांश शवको पहिचान भइसकेको छ भने बढी जलेका शवको पहिचानमा भने केही समस्या भएको चिकित्सकहरूले बताएका छन्।

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा गोपाल चौधरीका अनुसार पहिचान भइसकेका शवहरू आजै आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको छ। 

‘पहिचान भइसकेका शवहरू आजै आफन्तलाई जिम्मा लगाउँछौँ। पहिचान नभएको हकमा मात्रै यहाँ राखिन्छ,’ चौधरीले भने। बुधबार बिहान ११ः११ बजे काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सौर्य एअरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १५:४४
समसामयिक
Weather Update