जाजरकोटमा घर भत्किँदा एकै परिवारका ८ जना घाइते, ३ को अवस्था गम्भीर
जाजरकोट— जाजरकोटको छेडागाड नगरपालिका–१२ काँडागाउँमा घर भत्किँदा एकै परिवारका आठजना घाइते भएका छन्।
घरमूली ३५ वर्षीय पदम अधिकारीसहित परिवारका ८जना घाइते भएका प्रहरीले जनाएको छ।
घाइते सबैलाई उपचारका लागि जाजरकोट अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए।
शुक्रबार बिहान ढुङ्गामाटोले बनेको एकतले घर एक्कासि भत्किँदा १० वर्षीय दिनेश, ३० वर्षीया सरिता, १४ वर्षीय नवीन, ६५ वर्षीया भिरकुली, १५ वर्षीया सुजता, १६ वर्षीया सङ्गीता र १४ वर्षीय नवराज अधिकारी घाइते भएका हुन्।
घाइतेमध्ये पदम, सरिता र दिनेशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१ १०:५५













