News Griha :: न्यूजगृह
ग्वार्कोको एक गेस्ट हाउसमा युवतीको मृत्यु, सँगै बसेका युवकको उपचार हुँदै

काठमाडौं— ललितपुरको ग्वार्कोमा रहेको एक गेस्ट हाउसमा युवतीको मृत्यु भएको छ।

गोदावरी नगरपालिका–८ डुकुछाप घर भई हाल ललितपुरको सातदोबाटो बस्दै आएका २६ वर्षीय सन्दिप बिकको साथमा बिहीबार राति नौ बजे गेस्ट हाउसमा पुगेकी युवतीको मृत्यु भएको प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए। 

ती युवती बिहानी पख बेहोस भएपछि गेस्ट हाउस सञ्चालकले बीएण्डबी अस्पताल पुर्याएका थिए। ‘उपचारकै क्रममा शुक्रबार बिहान सात बजे उनको मृत्यु भएको हो,’ एसपी सुवेदीले भने।

युवकले पनि सास फेर्न गाह्रो भएको बताएपछि प्रहरीको निगरानीमा उनको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। 

मृतक युवतीको सनाखत हुन बाँकी छ। घटनाको अनुसन्धान भइरहेको एसपी सुवेदीले बताए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ०९:३२
Weather Update