News Griha :: न्यूजगृह
कीर्तिपुर नगरपालिकाका मेयरको निधन

काठमाडौं— कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ।

उनको गएराति बीर अस्पतालमा उपचारको क्रममा निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले जानकारी दिए।

नकर्मीको निधनमा आज नगरपालिकाभर शोक बिदा दिइएको छ।

उनको पार्थिव शरीर बिहान ९ बजे कीर्तिपुर नगरपालिकामा ल्याएर श्रद्धाञ्जली अर्पण गरिने र आजै अन्त्येष्‍टि गर्ने ढकालले जानकारी दिए।

नकर्मी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ०८:२४
Weather Update