News Griha :: न्यूजगृह
केएमसी अस्पतालले भन्यो- घाइते क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं— दुर्घटनामा घाइते भएका सौर्य एअरलाइन्सका क्याप्टेन मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको काठमाडौं मेडिकल कलेज (केएमसी)ले जनाएको छ।

केएमसीका निर्देशक प्राडा मीना थापाले विज्ञप्ति जारी गर्दै उपचाररत केसीको स्वास्थ्यमा अन्य जटिलता नदेखिएको बताएकी छन्।

बुधबार बिहान सौर्य एअरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय जहाजस्थल परिसरमा दुर्घटनाग्रस्त हुँदा सोही जहाजका चालक शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको थियो।

जहाजमा सवार अन्य १८ जनाको मृत्यु भएको छ। शाक्यलाई उद्धार गरी सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार सुरु गरिएको थियो।

'क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य छ। उहाँको अनुहार, आँखा, नाक तथा टाउकोमा चोट लागेको छ, ढाडको एउटा हड्डी साथै देब्रेपट्टिका तीन वटा करङ्ग भाँच्चिएका छन्,' विज्ञप्तिमा भनिएको छ। 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  २०:४१
Weather Update