लीलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

काठमाडौं— लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त भएकी छन्।
कायममुकायम मुख्यसचिव रहेकी गड्तौलालाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री आरजु देउवा राणाले जानकारी दिइन्।
उनी नेपालको निजामती सेवाको उच्च पद मुख्यसचिव बन्ने पहिलो महिला बनेकी छन्।
उनी ५८ वर्ष उमेर हदका कारण २०८१ भदौ १५ मा अनिवार्य अवकाशमा जानेछिन्।
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१ १७:१०