News Griha :: न्यूजगृह
सर्वोच्चद्वारा बेचन झालाई थुनामुक्त गर्न अस्वीकार

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा एक महिनादेखि थुनामा रहेका बेचन झालाई थुनामुक्त गर्न सर्वोच्चले अस्वीकार गरेको छ।

बिहीबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले बन्दी प्रत्यक्षीकरण निवेदनमा अन्तिम आदेश गर्दै कानुन बमोजिम गर्नु भनी आदेश गरेको हो।

थुनामा रहेका झाका छोराले गत असार ३० गते सर्वोच्चमा रिट हालेका थिए। सो रिट असार ३१ गते न्यायाधीश विनोद शर्मा र गत साउन ६ गते

ढुङ्गानाको इजलासमा पेसी परेको थियो। तर, आफू अनुकुलका न्यायाधीश नभएको भन्दै उनका कानुन व्यवसायीले पेसी स्थगित गरेका थिए।

झालाई प्रहरीले गत असार १५ गते राति पक्राउ गरेको थियो। झालाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा बिचौलिया भूमिका निर्वाह गरेको आरोप छ। 
 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १६:०९
Weather Update