पोष्टमार्टमको गति बुझ्न टिचिङ पुगे स्वास्थ्यमन्त्री, डीएनए जाँच गर्नुनपर्ने, भोलिसम्म परिवारलाई शव दिइने
काठमाडौं— स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सौर्य एअरलाइन्सको विमान दुर्घटनामा निधन भएकाप्रति दुःख व्यक्त गरेका छन्।
आज महाराजगञ्जस्थित त्रिवि चिकित्सा शिक्षा शास्त्र अध्ययन संस्थानको ‘फरेन्सिक बिल्डिङ’को शव परीक्षण युनिटमा उनले अवस्था बुझ्दै जहाज दुर्घटनामा परी ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाजञ्ली अर्पण गरेका हुन्।
दुर्घटनामा परी ज्यान गुमाएका नागरिकको शव परीक्षण गरी सम्बन्धित परिवारलाई हस्तान्तरणका लागि सहजीकरण गर्न अस्पताल प्रशासनलाई मन्त्री पौडेलले आग्रह गरे।
‘अस्पतालका अनुसार डीएनए गर्नुनपर्ने, पहिचान भएका सबैको भोलि साँझसम्म शव हस्तान्तरण गर्ने भनिएको छ,’ उनले भने, ‘शव हस्तान्तरणमा सहजीकरण गरिदिनुहोला।’
प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१ १३:२४