News Griha :: न्यूजगृह
मध्यपहाडी लोकमार्गको रुकुम खण्ड अवरुद्ध
फाइल तस्बिर।

रुकुमपश्चिम—  मध्यपहाडी राजमार्गअन्तर्गत रुकुम पूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटमा बुधबार साँझ पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। 

सडक अवरुद्ध भएसँगै रुकुम पूर्वबाट रुकुम पश्चिम, दाङ, नेपालगञ्ज जाने तथा रुकुम पश्चिमबाट रुकुम पूर्व हुँदै बागलुङ, पोखरा र काठमाडाैं जाने सवारी साधन रोकिएका रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए। 

सडकमा ठूलो पहिरो खसेका कारण तत्काल सडक सञ्चालन गर्न समस्या भएको छ। बाटो खोल्ने प्रयास जारी रहेको उनले जानकारी दिए। पानी नपरेमा आज दिउँसोसम्ममा सडक सञ्चालन हुनेछ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १०:०२
Weather Update