प्रधानमन्त्री ओलीले अस्पताल पुगेर उपचाररत पाइलटलाई भेटे

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एअरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यलाई केएमसी अस्पताल पुगेर भेट गरेका छन्।
प्रधानमन्त्री ओलीले अस्पताल पुगेर पाइलट शाक्यको स्वास्थ्य अवस्था बारे जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
आज भएको विमान दुर्घटनामा विमानमा सवार सौर्य एअरलाइन्सकै १८ कर्मचारीको मृत्यु भएको छ।
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१ २०:४२













