परिणाम केहीबेरमा
उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु

काठमाडौं— उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ । शुक्रबार नयाँ बानेश्वरस्थित संसद भवनमा भएको उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको हो । निर्वाचनमा ८२९ मत खसेको छ ।
निर्वाचनमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको छ । साँझ ६ बजेसम्म परिणाम आइसक्ने निर्वाचन समितिले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९ १५:५६













