News Griha :: न्यूजगृह
सौर्यको जहाज दुर्घटना: शव शिक्षण अस्पतालमा, पोस्टमार्टम गरिँदै

काठमाडौं— सौर्य एअरलाइन्सको विमान दुर्घटना मृत्यु भएका १८ जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।

बुधबार बिहान भएको दुर्घटनामा मृत्यु भएका १८ जनाको शव शिक्षण अस्पताल पुर्‍याइएको हो।

विमान दुर्घटनामा मृत्यु भएकाका आफन्तहरू शव बुझ्न अस्पतालबाहिर पुगेका छन्।

अस्पताल परिसरमा पुगेका मृतकका आफन्त भावविह्वल भएका छन्। अस्पताल परिसरमा रुवाबासी चलेको छ।

पोस्टमार्टमको काम केहीबेरमा शुरू हुने शिक्षण अस्पताल प्रशासनले जनाएको छ।

बुधबार बिहान ११:११ मा दुर्घटनाग्रस्त भएको विमानमा चालकदलसहित १९ जना सवार थिए। उनीहरू एअरलाइन्सकै कर्मचारी र उनीहरुका आफन्त हुन्।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १४:०२
Weather Update