सांसद कोइरीले किन लेखे संसद् सचिवालयलाई पत्र ?

काठमाडौं— नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले आफू अस्वस्थ भएको भन्दै संसद् सचिवालयलाई पत्र लेखेका छन् । लगातार १० वटा बैठकसम्म सूचना बिना अनुपस्थित रहे सभामुखले सांसद पदबाट पदमुक्त गर्न सक्ने व्यवस्था छ ।
महतो १० वटा बढी बैठकमा अनुपस्थित भइसकेका छन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले कोइरीले बिरामी भएर संसद् बैठकमा अनुपस्थित रहेको जानकारी संसद् सचिवालयलाई गराएका छन् । उनका अनुसार कोइरीले दुईपटक पत्र पठाइसकेका छन् ।
२५ माघदेखि अस्वस्थ भई उपस्थित हुन नसकेको र सुधार भएपछि उपस्थित हुन्छु भनेर उनले पत्र पठाएको संसद् सचिवालयले जनाएको छ ।
महोत्तरी १ बाट निर्वाचित कोइरी २०७२ सालमा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याको घटनाका अभियुक्त हुन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८० १८:२८













