नयाँ बजेट र सेवासुविधा सुनिश्चितता विषयमा अन्तर्क्रिया कार्यक्रम गर्दै विद्यालय कर्मचारी परिषद्

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले शनिबार बृहत् अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेर र विद्यालय कर्मचारीहरूले तलबभत्ता लगायतका विषयमा अन्तर्क्रिया कार्यक्रम गर्न लागिएको हो ।
‘सामुदायिक विद्यालयका कर्मचारीहरूको सेवासुविधा सुनिश्चितता कहिले ?’ विषयमा नेपाल बार एशोसिएशनको सभाहल लगनखेल ललितपुरमा अन्तर्क्रिया कार्यक्रम हुने विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए ।
अन्तर्क्रिया कार्यक्रमका लागि नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्मा, नेकपा माओवादी केन्द्रका नेता रामदीप आचार्यलगायतलाई आमन्त्रण गरिएको अध्यक्ष तिवारीले जानकारी दिए ।
अन्तर्क्रिया कार्यक्रमबाट प्राप्त निष्कर्षलाई लिएर सरकारको ध्यानाकर्षण गराउने परिषद्को तयारी छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८० १८:०६













