News Griha :: न्यूजगृह
कर्णालीमा माओवादी मन्त्रीहरूले बुझाए मुख्यमन्त्रीलाई राजीनामा पत्र
मुख्यमन्त्री यामलाल कँडेल। फाइल तस्बिर।

सुर्खेत— कर्णालीमा नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरूले मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा पत्र बुझाएका छन्। 

सोमबार राजीनामा घोषणा गरे लगत्तै उनीहरूले मुख्यमन्त्री कँडेललाई राजीनामा पत्र बुझाएका हुन्।

माओवादीको तर्फबाट अर्थमन्त्रीको जिम्मेवारीमा महेन्द्र केसी, सामाजिकमा वीरबहादुर शाही, उद्योगमा दुर्गबहादुर रावत र ऊर्जा मन्त्रीमा रणसिंह परियार थिए। 

योसँगै कर्णालीमा पहिलो पटक माओवादी प्रमुख प्रतिपक्षीमा पुगेको छ ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ११:५२
Weather Update