लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान

काठमाडौं— लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएको छ।
प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको लागि दाबी पेस गर्न आव्हान गरेका हुन्।
उनले सोमबार साँझ ६: ३० बजेसम्मको समय दिएर सरकारमा दाबी पेस गर्न भनेका हुन्।
आजै अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशसभाको बैठकमा राजीनामा दिएका थिए। केन्द्रमा कांग्रेस-एमालेबीच भएको सहमति अनुसार लुम्बिनीमा सरकारको नेतृत्व एमालेले गर्ने सहमति भएको छ।
सो अनुसार लुम्बिनीमा एमालेका लिला गिरी मुख्यमन्त्री बन्ने भएका छन्।
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१ २०:३५