News Griha :: न्यूजगृह
बागमतीमा नयाँ सरकार गठन आह्वान

हेटौँडा— बागमतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठन आह्वान गरेका छन्।

उनले साउन ८ गते बेलुका ५ बजेसम्म नेपालको संविधानको धारा १६८ (२) अनुसार मिलिजुली सरकार गठनको आह्वान गरेका हुन्।

आइतबार नै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश प्रमुख शर्मालाई राजीनामा बुझाएका थिए।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १७:२२
Weather Update