News Griha :: न्यूजगृह
ओली प्रधानमन्त्री बन्दा सबैभन्दा बढी खुशी छु, तर विश्वासको मत दिदैनौँ: लिङ्देन

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई विश्वासको मत नदिने स्पष्ट गरेका हुन्।

अध्यक्ष लिङ्देनले आफू र आफ्नो दलको विगतमा एमालेसँग निर्वाचनमा तालमेल भएको उल्लेख गर्दै ओली प्रधानमन्त्री बन्दा आफू सबैभन्दा धेरै खुशी भएको बताए।

उनले यसअघि पनि राप्रपाले २ पटक प्रधानमन्त्री ओली रहँदा विश्वासको मत दिएको स्मरण गर्दै सरकारले संविधान संशोधनको स्पष्ट खाका पेस गरेमा सरकारलाई सहयोग गर्ने पनि बताए।

साथै उनले आम निर्वाचन हुनासाथ आफूले कांग्रेस र एमाले मिलेर सरकार बनाउन आग्रह गरेको स्मरण गर्दै अहिले आएर कांग्रेस-एमाले एक भएको प्रसङ्गमा यो गठबन्धन सफल नभए के हुन्छ भन्दै प्रश्न गरेका थिए।

अध्यक्ष लिङदेनले माओवादी केन्द्र र फरक विचार राखिरहेका आफूहरूलाई मान्य हुने गरि नयाँ सहमति गरेर अगाडि जान प्रस्ताव गरेका छन् ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १७:१२
Weather Update