ओलीलाई शुभकामना दिँदै माधव नेपालले सम्झाए संसद् विघटन

काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना दिँदै यस अघि संसद् विघटन गरेको विषय स्मरण गराएका छन्।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा ओलीले राखेको विश्वासको मत सम्बन्धको प्रस्तावमाथि बोल्दै पूर्व प्रधानमन्त्री नेपालले विगतमा गरेको संसद् विघटनको सम्झाएका छन्।
उनले प्रधानमन्त्री ओलीलाई आफ्नो पुनर्मूल्याङ्कन गर्न आग्रह गरेका छन्। विगतमा करिब दुई तिहाइको सरकार किन ढलेको भन्ने प्रश्न गर्दै नेपालले कांग्रेसका केही नेताहरू एमालेसँग मिलेकोमा खुशी भएपनि दोस्रो तेस्रो तहका नेता र साधारण कार्यकर्ता खुशी नभएको बताए।
नेता नेपालले राजनीतिक स्थिरताका नाममा अर्को जङ्गबहादुर नखोजिएको बताउँदै शक्तिको केन्द्रीकरणबाट स्वेच्छाचारिता जन्मिने डर भएको बताए।
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१ १६:५५