लुम्बिनीका मुख्यमन्त्री महराले पदबाट दिए राजीनामा

बुटवल— लुम्बिनी प्रदेशमा मुख्यमन्त्री जोखबाहादुर महराले पदबाट राजीनामा दिएका छन्।
महराले आज दिउँसो प्रदेशसभामा सम्बोधनपछि राजीनामाको घोषणा गरेका हुन्। केन्द्र सरकारमा सत्ता समीकरण परिवर्तन भएसँगै नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महरा अल्पमतमा परेका थिए।
८७ सदस्यीय लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद रहेका छन् भने दुई दलका कुल ५६ सांसद रहेकाले स्पष्ट बहुमत रहेको छ ।
महराको राजीनामासँगै एमाले संसदीय दलका नेता लिला गिरीले आज नै प्रदेश प्रमुख समक्ष सरकारका लागि दाबी पेस गर्ने तयारी गरिएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१ १५:५९