प्रदेश सरकार
लुम्बिनीमा मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता चौधरीको दाबी पेश

काठमाडौं— नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्ली चौधरीले मुख्यमन्त्रीका लागि ८ दलका ५३ जना सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका छन्।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतका आधारमा मुख्यमन्त्री बनाउन माग गर्दै बिहीबार दिउँसो चौधरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका हुन्। चौधरीलाई नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक अन्य सबै दलको समर्थन छ।
प्रदेश प्रमुख शेरचनले बहुमतको आधारमा नयाँ सरकार गठनको लागि बिहीबार दिउँसो ४ बजेभित्र दाबी पेश गर्न समयसीमा तोकिदिएका थिए।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८० १३:५८













