घरको सटरमा सञ्चालित कोतःधुकु पेट्रोल पम्प सिल

काठमाडौं— मापदण्ड विपरीत बालाजुमा घरको सटरमा सञ्चालित कोतःधुकु पेट्रोल पम्प सिल गरिएको छ।
बालाजु–ठमेल सडकको दायाँतर्फ रहेको कोतःधुकु आयल स्टोरका कारण असुरक्षा बढेको भन्दै काठमाडौं महानगरपालिकाले सिल गरेको छ ।
सरकारले मुख्य सडक किनार, घना वस्ती र संवेदनशील क्षेत्रका पम्प हटाउने निर्णय गरेको पनि लामो समय भइसक्यो
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८० १२:४९













