News Griha :: न्यूजगृह
१ वर्षमा अख्तियारद्वारा २०१ मुद्दा दायर, ८ अर्ब ३५ करोड बिगो दाबी

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०–८१ मा भ्रष्टाचारसम्बन्धी २०१ मुद्दा विशेष अदालतमा दर्ता गरेको छ।

जसमा गैरकानुनी लाभहानिका ५८, घुसका ४८, नक्कली शैक्षिक प्रमाणपत्र ३४, सार्वजनिक सम्पत्तिको हानिनोक्सानी ३४ वटा मुद्दा रहेका छन्। त्यसैगरी राजश्व हिनामिना १३, गैरकानुनी सम्पत्ति आर्जन ११ र विविध ३ वटा मुद्दा रहेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर ती आरोपपत्रबाट ८ अर्ब ३५ करोड १२ लाख ९८ हजार १ सय ४२ रुपैयाँ ४४ पैसा बिगो माग दाबी गरेको छ। 

आरोपपत्रमा प्रतिवादीको सङ्ख्या १ हजार ५२० जना रहेका छन्। जसमध्ये सरकारी कर्मचारी ५२४, निर्वाचित जनप्रतिनिधि १०१, मनोनीत पदाधिकारी १८१, लेखापढी व्यवसायी २, बिचौलिया २ र व्यवसायी ९१ जना रहेका छन्। त्यसबाहेक अन्य ६१९ जना छन्।

आयोगका अनुसार सोही आर्थिक वर्षमा परेका जम्मा ३५ हजार ७९० उजुरीमध्ये २७ हजार ३७५ उजुरी फर्छ्यौट गरेको जनाएको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, साउन २, २०८१  २१:५९
Weather Update