भूकम्प पीडित बसेको अस्थायी टहरामा पहिरो खस्दा जाजरकोटमा चार जना घाइते

जाजरकोट— भूकम्प पीडित बसेको अस्थायी टहरामाथि पहिरो खस्दा जाजरकोटमा चार जना घाइते भएका छन्।
कुशे गाउँपालिका–८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरामा माथिबाट पहिरो खसेको हो। गएराति ८ बजे उक्त घटना भएको जाजरकोटका प्रहरी प्रमुख डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए।
उक्त घटनामा चार जना छन्। सोही ठाउँका २९ वर्षीया कमला थापा, ३५ वर्षीया दलसरी थापा, उनकी ४ वर्षीया छोरी हस्तिका र १७ वर्षीया छोरी निरमाया घाइते भएका हुन्।
हस्तिकालाई पहिरोमा पुरिएर बेहोस अवस्थामा बाहिर निकालिएको डीएसपी पाण्डेले बताए।
गम्भीर घाइते भएकाहरूलाई हेलिकप्टरमार्फत सुर्खेत लगिने उनले बताए।
प्रकाशित मिति: बुधबार, साउन २, २०८१ ११:३१













