माथिबाट झरेको ढुङ्गाले लागेर महिलाको मृत्यु

अछाम— अछाममा बाख्रा चराउन गएकी एक महिलाको ढुङ्गा लागेर मृत्यु भएको छ।
मङ्गलसेन नगरपालिका–३ लाक्षीमनाकी ३५ वर्षीया वसन्ती बोगटीको मृत्यु भएको हो।
मङ्गलबार गाध्य भन्ने भीरमा बाख्रा चराएर फर्किने क्रममा माथिबाट झरेको ढुङ्गा टाउकोमा लागेर घटनास्थल मै उनको मृत्यु भएको अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले बताए।
उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मङ्गलसेन लगिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बुधबार, साउन २, २०८१ १०:३७













